मुख्यमन्त्री राईले पाए विश्वासको मत

विराटनगर, १ मंसिर ।
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाउनु भएको छ । आफूलाई प्रदेशसभाको विश्वास छ भनी उहाँले राखेको प्रस्तावको पक्षमा ५० र विपक्षमा २९ मत परेको छ । राईले पाएको मत प्रदेशसभामा तत्काल कायम रहेका सदस्यको बहुमत भएकाले उहाँले विश्वासको मत पाएको सभामुख प्रदीपकुमार भण्डारीले घोषणा गर्नु भयो ।
आजको मतदानमा ७९ जना उपस्थित भएका थिए ।
मुख्यमन्त्री राईको पक्षमा उहाँको पार्टी नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले मतदान गरेका छन् ।प्रदेशसभाका कुल ९२ सांसदमध्ये नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकएत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ जनाले मुख्यमन्त्री राईलाई विश्वासको मत दिएका छन् । प्रमुख विपक्षी दल नेकपा एमालेले भने विश्वासको मतको विपक्षमा मतदान गरेको छ ।
तपाइँको प्रतिक्रिया