मुलकलाई निकास देखी काम काँग्रेसले गर्छ : काँग्रेस नेता रामचन्द्र पौडेल

पुरुषोत्तम सुबेदी
नवलपरासी , १० जेठ । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले अब देशलाई निकास दिने काम काँग्रेसले गर्ने बताउनुभएको छ ।
आज रिपोर्टस क्लब नवलपरासी शाखाले परासीमा आयोजना गरेको साक्षात्कार कार्यक्रम बोल्दै नेता पौडेलले भन्नुभयो मधेशका जायज मागलाई सम्बोधन गर्न र आन्दोलरत पक्षलाई सरकार संग सहमती गराउन काँग्रेस अघि बढ्ने बिचार राख्नुभयो ।सरकारले जनताको उत्तरदायीत्व वहन गर्न नसकेको टिप्पणी गर्दै नेता पौडेलले अब काँग्रेस लोकतन्त्रलाई संस्थागत गर्न साथै संबिधान कार्यान्वयन तर्फ लाग्ने बिचार राख्नुभयो ।भुकम्प पडितहरुको समस्या समाधान गर्न सरकार गम्भीर नभएको आरोप लगाउदै नेता पौडेलले देशमा भष्ट्राचार,महगी र कालोबजारी मैलाउदै गएको प्रति चिन्ता ब्यक्त गर्नूभयो ।
सरकारले स्थानिय निर्वाचन घोषणा गरेर उल्टो बाटो हिड्न खोजेको आरोप लगाउदै नेता पौडेलले मुलक संघीयता तर्फ उन्मुख भएकाले सबै दल मिलेर संघिय संरचना अनुसार गाउँपालीका र नगरपालीका को निर्वाचन तर्फ लाग्नुपर्ने बिचार राख्नुभयो ।
तपाइँको प्रतिक्रिया