मुलुकको आर्थिक विकास एवम् प्रगति गर्न सबै दललाई एकजुट भएर लाग्न राष्ट्रपतिको आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक विकास एवम् प्रगति गर्न सबै दललाई एकजुट भएर लाग्न आह्वान गर्नुभ्एको छ । जननेता मदन भण्डारीको शालिकमा माल्यार्पण गर्न शुक्रबार बल्खु पुगेकी राष्ट्रपति भण्डारीले मुलुकमा नयाँ व्यवस्था सुरु भएकाले अब आर्थिक विकास र प्रगतितिर एकजुट भएर लाग्नुपर्ने बताउनुभएको हो । उहाले गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपतिका रुपमा काम गर्ने अवसर पाएकोमा खुसी व्यक्त गर्दै संविधानको परिधिभित्रै रहेर आफूले राष्ट्रको प्रगतिका लागि काम गर्ने बताउनुभयो । राष्ट्रपति भण्डारीले बल्खुस्थित मदन भण्डारीको शालिकमा माल्र्यापण गर्नुभयो । राष्ट्रपति भण्डारीलाई सर्वसाधारणले स्वागत गरेका थिए । उहाले यसअघि शहिद गेट र लैनचौरस्थित सहिद स्मारकमा पुगेर सहिदहरुप्रति श्रद्धा अर्पण गर्दै माल्यार्पण गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया