मुलुकको कर्मचारी संयन्त्रलाई राजनीतिक दलहरुले नै काम नलाग्ने बनाएको उद्योगपति विनोद चौधरीको आरोप

उद्योगपति विनोद चौधरीले मुलुकको कर्मचारी संयन्त्रलाई राजनीतिक दलहरुले नै काम नलाग्ने बनाएको आरोप लगाउनु भएको छ । मुलुककै धनाध्य चौंधरीले राजनीतिक दलहरुकै संरक्षणका कारण कर्मचारीहरु माथिल्लो ओहोदामा पुग्ने गरेकाले उनीहरुले काम गर्न नसकेको तर्क पनि गर्नु भयो । नेपाली काँग्रेसका सांसद समेत रहनु भएका उहाँले लिडरसिपसँगको सम्बन्धको आधारमा माथिल्लो ओहोदामा कर्मचारी पुगेकाले उनीहरुले काम गर्न नसकेको पनि स्मरण गराउनु भयो । बिहीबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा भाग लिँदै उद्योगपति चौंधरीले २०४६ सालयताका दिनहरुलाई हेर्ने हो भने माथिल्लो ओहोदामा पुग्ने कर्मचारीसँग योग्यता र कार्यक्षमता भन्दा पनि नेतृत्वसँगको सम्बन्धले काम गर्ने गरेको पनि उल्लेख गर्नु भयो । सबैभन्दा कम क्षमता भएकाहरुलाई माथिल्लो ओहोदारको जिम्मेवारीमा पु¥याउने राजनीतिक नेतृत्वको कारण मुलुकको कर्मचारी संयन्त्र कामै गर्न नसक्ने अवस्था पुगेको उद्योगपति चौंधरीको दावी छ । उद्योगपति चौंधरीले कर्मचारी संयन्त्रलाई गतिशील बनाउन उनीहरुको मानसिकतामा परिवर्तन हुने गरी तालिमको व्यवस्था गर्न पनि सरकारसँग माग गर्नु भयो । योग्यता, क्षमता र कार्यकुशताको आधारमा कर्मचारीलाई जिम्मेवारी दिने व्यवस्था भएमात्रै मुलुकमा कर्मचारीले उचित ढंगले कार्य सम्पादन गर्न सक्ने उहाँको बुझाई छ ।
तपाइँको प्रतिक्रिया