मुलुकको पछिल्लो राजनीतिक अबस्थका बिषयमा राष्ट्रपति र प्रधानमन्त्री बिच छलफल

मुलुकको पछिल्लो राजनीतिक अबस्थका बिषयमा राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली बिच छलफल भएको छ । शितल निबासमा बुधबार भएको भेटमा दलहरुबिच भईरहेको वार्ता लगाएतका बिषयमा मुख्यतः छलफल भएको बताईएको छ । मोर्चासँंग संविधान संशोधन गर्ने गरी सिमांकनमा हेरफेर गर्ने विषयमा समेत छलफल हुन लागेकाले प्रधानमन्त्री ओली राष्ट्रपतिसँंग यस विषयमा छलफल गर्न शितलनिवास पुग्नुभएको थियो । राष्ट्रपति विद्या भण्डारीले आफ्ना शुभकामनामार्फत सबै पक्षका विचमा सहमति कायम गरी मुलुकलाई दीगो शान्ति,स्थायित्व र समृद्धिको दिशामा अगाडि बढाउन आग्रह गर्दै आउनुभएको छ ।
तपाइँको प्रतिक्रिया