मुलुकमा राजसंस्था हुनैपर्ने अवस्था आईसक्यो : राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्र

काठमाडौं, असोज १२
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले मुलुकमा राजसंस्था हुनैपर्ने बताउनु भएको छ । अहिलेको गणतन्त्रले देखिएका समस्याहरु पार लगाउन नसक्ने भन्दै मिश्रले मुलुकमा राजसंस्था हुनैपर्ने अवस्था आएको बताउनु भएको हो ।
राष्ट्रपतिजस्तो संस्थाले समेत इमान्दारितापूर्वक काम गर्न नसकेकाले मुलुकमा राजसंस्था हुनैपर्ने रहेछ भन्ने आफूलाई लागेको पनि उहाँको भनाई थियो । बुधबार काठमाडौंमा आयोजित राप्रपा र मिश्र नेतृत्वको बृहत्तर धुब्रीकरण समूहबीचको एकता कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष मिश्रले राजनीतिभन्दा माथि उठनुपर्ने राष्ट्रपति संस्था इमान्दार नभएको, सरकार भ्रष्ट भएको भन्दै आपत्ति समेत जनाउनु भयो । उहाँले मुलुकले संघीयता धान्नै नसक्ने जिकीर गर्नु भयो ।
राजनीतिक, आर्थिक, भौगोलिक कुनै पनि रुपमा मुलुकले संघीयता धान्नै नसक्ने मिश्रको तर्क थियो । वरिष्ठ उपाध्यक्ष मिश्रले धर्मको नाममा, जातको नाममा राजनीति हुन थालेपछि मुलुक झनै कमजोर हुँदै गएको दावी गर्नु भयो ।
तपाइँको प्रतिक्रिया