मुलुकले व्यहोर्न परेको असहज परिस्थितिमा सबै दलहरु मिलेर अघि बढ्नुको विकल्प नभएको: ओली

ले मुलुकले व्यहोर्न परेको असहज परिस्थितिमा सबै दलहरु मिलेर अघि बढ्नुको विकल्प नभएको बताउनुभएको छ ।संविधान जारी भएको उपलक्ष्यमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गर्नुभएको दिवा भोजमा सञ्चारकर्मीसँग बोल्दै उहाँले जनअपेक्षाअनुसार दैनिक जनजीवन सहज बनाउन सरकार प्रयत्नशील रहेको बताउनुभयो । उहाँले छिट्टै अत्यावश्यक वस्तुको सहज आपूर्ति हुने विश्वास पनि व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले राष्ट्र हितका लागि राजनीतिक दलले नेपाली जनताको भावनाअनुरुप संविधान जारी गरेर लागूसमेत गरिसकेको अवस्थामा कुनै पक्षले यसको विरोध गर्दै आन्दोलन गरेर जनजीवन असहज बनाउनु नाजायज भएको बताउनुभयो । वार्ता र संवादबाटै सबै समस्याको निराकरण गर्न सरकार गम्भीर रहेको दोहो¥याउँदै उहाँले आन्दोलनरत पक्षलाई वार्तामा बसेर समस्या समाधानमा सहयोगी बन्न आग्रह गर्नुभयो । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले आफ्नो पार्टी प्रतिपक्षमा रहेपनि मुलुकले भोगिरहेको समस्या समाधान गर्न प्रतिबद्ध रहने बताउनुभयो । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले संविधान जारी भएसँगै अब संविधानको कार्यान्वयन गर्नु पर्ने चुनौती रहेकाले प्रमुख दलको सहयात्रा अहिले पनि आवश्यक रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीद्वारा आयोजित सर्वदलीय दिवा भोजमा सत्ताधारी दलका नेता तथा सांसदसहित प्रतिपक्षी दलका नेताको समेत उपस्थिति थियो । सर्वदलीय भोजमा आन्दोलनरत मधेस केन्द्रित दलका नेताको भने सहभागिता रहेको थिएन ।
तपाइँको प्रतिक्रिया