मुस्लीम धर्म गुरु हजुर मोहम्मद साहबको जन्म दिनको उत्सब मुस्लीम समुदायहरुले बिशेष धुमधामका साथ मनाए

पुरुषोत्तम सुबेदी,नवलपरासी, ९ पुस मुस्लीम धर्म गुरु हजुर मोहम्मद साहबको जन्म दिनको उत्सब आज नवलपरासीमा पनि मुस्लीम समुदायहरुले बिशेष धुमधामका साथ मनाएका छन् । मुस्लिम समुदायहरु एकजुट भई भेला भएर सदरमुकाम परासीमा मोहम्मद ज्यन्ती मनाएका हुन् ।आरबी छैंठो महिना बारह र बिउल औवलको १२ तारिखका दिन हजुर मोहम्म साहबको जन्म भएको हुँदा संसार भरिकै मुस्लिम समुदायहरु भव्य कार्यक्रम गरि मनाउने प्रचलन रही आएको छ ।विभिन्न मुस्लिम संघ संस्थाहरुको संयुक्त आयोजनामा बुद्धचोकबाट निकालीएको ¥याली मालटोल, लोकतान्त्रिक चोक, जिल्ला प्रशासन चोक, हाटबजार हुदै पुनः बुद्धचोक मा सभामा परिणत भएको थियो ।
¥यालीमा जिल्लाका कुश्मा, बेलासपुर, महेसपु, देवगााव, बडसार, रामग्राम , पाडाटिकर, डिघवल लगायतका दर्जन भन्दा बढिठाउँबाट मुस्लीम समुदाय सहभागि यो पर्ब उत्साहपुर्ब मनाएका थिए ।आजका दिन नमाज, कुरान, दोआ दरुद पढनु र दानपुन गर्नु र दाजुभाई साथीहरुलाई घरमा खाना खुवाउनुले पुन्य मिल्ने धार्मीक बिस्वास छ
तपाइँको प्रतिक्रिया