मृगौला पिडित निमकलालाई नगद सहयोग

१० माघ , कावासोती
कावासोती ६ विष्णुनगरकी मृगौला पिडित निमकला भट्टराइलाई सहयोग जुट्ने क्रम जारी छ । दुवै मृगौलाले काम गर्न छाडे पछि विगत ५ वर्ष देखि भट्टराइ मृगौलाको उपचार गराउदै आएकी छिन् ।
शुक्रबार एक कार्यक्रमका बिच साउदि अरयवमा कार्यरत नेपालिहरुले १ लाख ८ हजार ९ सय ६५ रुपँैया नगद संकलन गरि सहयोग स्वरुप हस्तान्तरण गरेका छन् । उपचाररत भट्टराइको स्वास्थ्य लाभको कामना गर्दै साउदि अरवको अलसा अटोमेटिक वेकरी कम्पनीमा कार्यरत नेपालिहरुले संकलन गरेको रकम कावासोती नगरपालिका १ निवासी रञ्जन वस्नेतले निकमला भट्टराईलाइ हस्तान्तरण गरेका हुन् । मृगौला पिडित निमकलाको वारेमा समाचार पढेपछि आफु कार्यरत कम्पनीका पुर्ण वाग्ले, सन्तोष थापा, पिताम्वर सापकोटा, हरि तामाङ लगाएतको पहलमा १ लाख ८ हजार ९ सय ६५ रुपया रकम संकलन गर्न सफल भएको रञ्जन वस्नेतले जानकारी दिए । सहयोग रकम ग्रहण गर्दै मृगौला पिडित निमकला भट्टराइले सहयोगि दाता सम्पुर्णमा धन्यवाद दिदै अझै रकम अभाव रहेकाले सक्दो सहयोग गर्न पुनः अपिल गरेकी छिन् । विगत ५ वर्ष देखि दुवै मृगौलाले काम गर्न छाडे पछि डाइलाइसिस गरि उपचार हँुदै आएकोमा अव मृगौला प्रत्यारोपणका लागि थप ५० लाख भन्दा वढि रकम चाहिने हुदा आर्थिक समस्या भएको बुवा टिकाराम भट्टराइले बताए । निमकलाको उपचारका लागि स्वदेश तथा विदेशबाट सहयोग रकम जुटाउने क्रम जारी रहेको छ ।
तपाइँको प्रतिक्रिया