मेडिकल कलेजका दुई सय १२ प्रोफेसर डाक्टरलाई मेडिकल काउन्सिलले कारवाही गर्ने (नामावलीसहित)
काठमाडौं- नेपाल मेडिकल काउन्सिलले नेपालका मेडिकल कलेजहरुमा अध्यापन गर्ने प्राध्यापक, उपप्राध्यापक तथा लेक्चरहरुलाई कारवाही गर्ने भएको छ । कान्सिलको अनुगमनका क्रममा विदेशी तथा स्वदेशी चिकित्सकहरुले एकै समयमा दुई वटा स्थानमा पूर्णकालिन (फुल टाइम) रुपमा काम गरिरहेको पाइएपछि काउन्सिलले सात दिन भित्र लिखित स्पष्टिकरण पेश गर्न सुचित गरेको छ । मेडिकल कलेजहरुमा नक्कली फ्याकल्टीहरु काम गर्ने गुनासाका विषयमा गरिएको अनुसन्धानका क्रममा एकै समयमा दुईतिर पूर्ण कालिन समय काम गर्ने गरेको फेला परेको छ ।
काउन्सिल ऐन नियम विपरीत एकै समयमा दुई तिर पूर्ण कालिन समय काम गर्ने चिकित्सक प्राध्याकपको नामावली सार्वजनिक गर्दै स्पष्टीकरण माग गरेको हो । काउन्सिलले दुई तिर काम गर्ने चिकित्सक प्राध्यापक, उपप्राध्यापक र लेक्चरहरुलाई किन कारवाही नगर्ने ? कारबाही नगर्नु पर्नाको कारण भए पेश गर्न सम्बन्धित सबैमा सुचना जारी गरेको हो ।
काउन्सिलले सार्वजनिक गरेको नामावली कलेज अनुसार यसप्रकार छ ।
तपाइँको प्रतिक्रिया