मेडिकल कलेजहरुले अतिरिक्त रकम फिर्ता नगरे आन्दोलन गर्ने : डा. के.सी.

काठमाण्डौं, असोज ८
त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले मेडिकल कलेजहरुले विद्यार्थीसँग लिएको अतिरिक्त रकम फिर्ता नगरे जुनसुकै बेला आन्दोलन गर्ने चेतावनी दिएका छन् । बुधबार प्रेस विज्ञप्ति जारी गरी मेडिकल कलेजले अवैध रुपमा उठाएको रकम फिर्ता गर्न आग्रह गरेका हुन् । केसीकै अनसनपछि सरकारले एमबीबीएस र बीडीएसको शुल्क तोकेको थियो तर मेडिकल कलेजहरुले तोकिएको भन्दा बढी रकम असुलेको भन्दै विभिन्न कलेजमा विद्यार्थीहरु आन्दोलनमा छन् । सरकारले एमबीबीएस अध्ययनका लागि काठमाडौं उपत्यकामा ३८ लाख ५० हजार र काठमाडौं उपत्यकाबाहिर ४२ लाख ५० हजार रुपैयाँ शुल्क तोकेको थियो तर मेडिकल कलेजहरुले विभिन्न शीर्षकमा त्यो भन्दा बढी शुल्क उठाइरहेका छन् । केसीले परासर कोइराला नेतृत्वको समितिले बनाएको मापदण्ड अनुसार विश्वविद्यालयहरुमा नियुक्ति हुनुपर्ने माग गरेका छन् । समितिको मापदण्ड बेगर नियुक्ति भएमा मान्य नहुने समेत डा. केसीले बताएका छन् । त्यस्तै स्रंकमणकालीन न्याय सम्बन्धी आयोगमा पनि दलीय भागदण्ड स्वीकार नहुने भन्दै केसीले गम्भीर तथा मानवता विरुद्धका अपराधका दोषीलाई अन्र्तराष्ट्रिय कानुन अनुसार कारवाही सुनिश्चित गर्नसमेत माग गरेका छन् । त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल एमडीजीपीको पढाइ तथा शीघ्र एम.बी.बी.एस. लगायतका कार्यक्रमको पठनपाठन शुरु गर्न र सबै प्रदेशमा सरकारी मेडिकल कलेज पु¥याउने काम गम्भीरतापूर्वक गर्न पनि डा. केसीको आग्रह छ ।
तपाइँको प्रतिक्रिया