मेडिकल संचालक नै लागुऔषध कारोबारमा, संचालक सहित २ पक्राउ

गैँडाकोट, १९ जेठ ।
प्रतिबन्धित औषधि कारोबार गर्ने धेरै जसो मेडिकल संचालकहरु नै लागुऔषध कारोबारमा संलग्न हुने गरेको पाईएको छ । चितवनमा मेडिकल संचालकहरु सहित दुई जना पक्राउ परेपछि मेडिकल संचालकहरुको संलग्नता पुष्टि भएको हो । भरतपुर महानगरपालिका २ पोखरा बसपार्क स्थित सत्य भगवती मेडिकल हलमा प्रतिबन्धित औषधी विक्री गरिरहेको अवस्थामा प्रहरीले २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा तनहुँ देवघाट गाउँपालिका ९ घर भई हाल भरतपुर ९ बस्ने २९ बर्षिय अविशेक थापा र भरतपुर २ बस्ने १८ बर्षिय आशिष तिवारी रहेका छन् । प्रहरीले सो मेडिकल हलबाट एनार्गन १०१ पत्ता,ट्रामा ५८ पत्ता र ट्रफिन ८१ ट्याबलेट समेत बरामद गरेको छ । उनिहरुलाई थप अनुसन्धान गरी आवश्यक कारवाहीका लागि औषधि व्यवस्था विभाग शाखा कार्यालय विरगंजमा बुझाइएको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रिया