मेला श्रीकृष्ण जन्मोत्सवको

बिबेक भण्डारी ७, कावासोती नगरपालिका ८ स्याउलिबजारमा रहेको सिद्धेश्वर राधाकृष्ण पान्चायन मन्दिरमा ३ दिन ८ ,९ र १० गते कृष्ण जन्मअष्ठमी उत्सव मनाइने भएको छ । भाद्र महिनामा कृष्ण जन्मिएको अवसरमा यो उत्सव मनाउन लागीएको हो । मंगलवार मन्दिर व्यवस्थापन समितिले पत्रकार सम्मेलन मार्फत सो कुराको जानकारी गराएको हो । ३ दिन सम्म आयोजना हुने कार्यक्रममा कृष्ण जन्म उत्सव , कृष्ण भजन तथा विविध कार्यक्रम गरिने राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायण प्र न्यौपानेले जानकारी दिनुभयो । सो अवसरमा ८ गते कृष्णा झुला स्थापना, पुर्वाङ्घ पुजा , श्रीमतभागवत आरम्भ , ९ गते शुर्यपाकी स्वामी केशवाचार्य ज्युबाट श्रीकृष्ण लिला सम्बन्धि विशेष प्रवचन , १० गते हामहोत्सव हवन पुर्णहुति तथा महोत्सव समापन गरिने अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । हिन्दु धमावलम्बिहरुले भाद्र महिनामा कृष्ण जन्मेको हुनाले कृष्ण जन्मस्टमी मनाउने प्रचलन रहि आएको छ ।
तपाइँको प्रतिक्रिया