मेसीको दुई गोलमा बार्सिलोना विजयी !!

पुस, २३
गएराती लियोनल मेसीको उत्कृष्ट प्रदर्शन पछि बार्सिलोनाले स्पेनी ला लिगामा बुधबार एथलेटिक बिलबाओलाइ ३–२ ले पराजीत गर्दै अंकतालिकाको तेस्रो स्थानमा उक्लेको छ । एथलेटिकले विलियमको गोलमा सुरुआती अग्रता लिएयता पेड्रीले बार्सिलोनाका लागि बराबरी गोल गरेका हुन । त्यसयता मेसीको दुई गोलले बार्सिलोनाको अग्रता बढाएको हो । इकेर मुनियनले एथलेटिकका लागि अन्त्यतिर एक गोल फर्काए । यो जितपछि रोनाल्ड कोम्यानको बार्सिलोनाको ३१ अंक भएको छ । बार्सिलोना दोस्रो स्थानमा रहेको रियल म्याड्रिडसँग पाँच अंकले र शीर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिड भन्दा ७ अंकले पछाडी छ ।
तपाइँको प्रतिक्रिया