मोटरसाइकलको ठक्करबाट म्याग्दीमा चितुवाको मृत्यु

गलेश्वर, वैशाख ६
मोटरसाइकलको ठक्करबाट म्याग्दीमा चितुवाको मृत्यु भएको छ । गए राति बेनी नगरपालिका–१ रत्नेचौरको घैयारामा बागलुङबाट आउँदै गरेका सुशील खत्रीको बा ८ प ४०७२ नं को मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु भएको हो ।
चितुवा मोटरसाइकलसित सडक पार गर्दै गरेको अवस्थामा ठोक्किएपछि घटनास्थलमै मृत्यु भएको डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटले जानकारी दिए । चितुवाको टाउको ठोक्किएको थियो । करिब ४० किलोको चितुवाको उमेर दुई वर्ष अनुमान गरिएको रानाभाट बताउँछन् ।
मोटरसाइकल चालक खत्रीको अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वनजङ्गलमा लागेको डढेलोका कारण अहिले चितुवाको बासस्थान खलबलिएको प्रमुख रानाभाटको भनाइ छ ।
तपाइँको प्रतिक्रिया