मोरङ प्रहरीद्धारा एसईई दिने २०१ जना नक्कली परीक्षार्थीलाई पक्राउ

विराटनगर, चैत २३
मोरङ प्रहरीले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने दुई सय एक जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । मोरङका तीनवटा परीक्षा केन्द्रबाट अर्काको नाममा परीक्षा दिने दुई सय एक जनालाई पक्राउ गरेको हो ।
बिहीबार एक सय ९९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्त डिएसपी रञ्जन दाहालले बताए । बुधबार दुई जना पक्राउ गरिएको उनले बताए ।
आज ५२ जनालाई प्रहरीले ग्रामथान गाउँपालिका–२ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट नियन्त्रणमा लिएको हो ।
केराबारी गाउँपालिकामा रहेको सार्वजनिक माविबाट १ सय २७ जनालाई पक्राउ गरेको छ । त्यस्तै सुन्दरहैचाको जनता माबी बाट २० जना नक्कली परिक्षार्थी पक्राउ गरेको हो ।
तपाइँको प्रतिक्रिया