मोर्चाद्धारा किसानलाई तेलको टोकन

भैरहवा, ११ कार्तिक । धान स्याहार्ने समयमा किसानको सुविधालाई मध्यनजर गर्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले किसानलाई पेट्रोलियम पदार्थको टोकन बितरण गरि रहेको छ । मधेशमा ईन्धनको कालोबजारी र तस्करी बढेको भन्दै मोर्चाले ईन्धन भटाभट नियन्त्रणमा लिन थाले पछि किसान र तस्करहरुको पहिचान गर्न सजिलो होस भनि कुपन बितरण गर्न थालेको मोर्चाले जनाएको छ । यसरी बितरण भएको कुपन नलिने कृषक तथा तस्करहरुलाई जतिबेला पनि कार्यवाही गर्न सकने मोर्चाले चेतावनी दिएको छ । नेपालमा ईन्धनको चरम अभाव भए पछि सीमा क्षेत्रमा यसको कालोबजारी तथा तस्करी बढदै गएको छ । धान स्हायार्ने समयमा मोर्चाका कार्यकर्ताहरुले तस्कर एवम अन्य सर्वसाधारणको समेत ईन्धन खोसेर नष्ट गर्ने गरेका छन । भारतमा महङ्गो मूल्य हालेर ल्याएको ईन्धन मोर्चाका कार्यकर्ताले खोसेर जलाए पछि मधेशी बाहुल्य स्थानियहरुबाट नै यसको चरम बिरोध भएको थियो । अहिले तस्कर र किसान पहिल्याउन रुपन्देही क्षेत्र नं. १ अन्र्तगतको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले टोकन बितरण प्रणाली अपनाएको मोर्चाका संयोजक बिद्या प्रसाद यादवको दावी छ । टोकन बितरणको लागी ब्यापक प्रचार प्रसार गरि धकधईमा मोर्चाको सचिवालय नै खोलिएको संयोजक यादवले बताए । सचिवालयमा मोर्चाको नामबाट कुपन नै छपाई गरिएको छ । धान काटन प्रयोग हुने कम्बाईन हार्वेस्टर, ट्रयाक्टर, लयागत अन्य कृषि प्रयोजनको लागी प्रयोग हुने साधनमा प्रयोग गर्न टोकन बितरण गर्ने गरिएको सचिवालय कर्मचारी बिजय चौधरीले बताए । क्षेत्र नं. १ मात्र हैन जुन सुकै क्षेत्रबाट प्रमाण सहित किसानहरु आए उनिहरुलाई टोकन बितरण गर्ने गरिएको चौधरीले जनाए । टोकन नलिएकाहरुको तेल मोर्चाका कार्यकर्ताले जफत गरि नष्ट गर्ने गरेको पनि उनले बताए । टोकन लिएर भारत ईन्धन खरिद गर्न गएकालाई भारतमा पनि सहजता भएको आफुहरुले प्रतिक्रिया पाएको चौधरीको दावी छ । क्षेत्र नं. १ को धकधईबाट सचिवालय नै राखी मोर्चाले समानान्तर सरकार चलाएको भान दिने गरि खुलेयाम भारतीय तेल भित्रयाउदा पनि स्थानिय प्रहरी प्रशासन मौन रहेको छ । सचिवालय रहेको केही पर नै ईलाका प्रहरी धकधईको कार्यालय रहेको छ । तर यो सबै काम रोक्न प्रहरीले कुनै तत्परता देखाएको छैन । तेल कब्जामा लिई नष्ट गर्दै आएकोमा मोर्चाको यो निर्णय केही सकारात्मक रहेको कृषकहरुले प्रतिक्रिया दिएको छन ।
तपाइँको प्रतिक्रिया