मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले १ गते राष्ट्रिय सम्मेलन गदै

१४ माघ, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले आगामी असोज १ गते राष्ट्रिय सम्मेलन गर्ने भएको छ । गत ३ गतेदेखि १२ गतेसम्म सम्पन्न पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । सो पार्टीले सच्चा कम्युनिस्ट क्रान्तिकारीसहित माओवादी शक्तिलाई एकताबद्ध तुल्याउने उद्देश्यमाथि ध्यान दिंदै सम्बद्ध राजनीतिक पार्टीहरूसित चल्दै आएको वार्ता तथा संवादको प्रक्रियालाई निरन्तरता दिने निर्णय गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै क्रान्तिकारी माओवादीले राष्ट्रिय स्वाधीनताको रक्षा, जनताको जनतन्त्र र जनजीविकाका आधारभूत समस्या अत्यन्तै गम्भीर तथा भयावह बन्दै गएकोमा चिन्ता व्यक्त गरेको छ । अघोषित आर्थिक नाकावन्दी एवम् सरकारको जिम्मेवारीबोधको अभाव तथा असक्षमताका कारण पेट्रोलियम पदार्थ, ग्यासलगायत उपभोग्य सामग्रीहरूको अभाव भई मानवीय सङ्कट पैदा हुदै आएको ठहर समेत पार्टीले गरेको बताइएको छ । पार्टीले आगामी फागुन १ गते जनयुद्ध दिवस, फागुन १४(२१ सहिद सप्ताह, फागुन २४ गते ऐतिहासिक जनआन्दोलन दिवसलगायतका दिवस मनाउने तथा कार्यक्रम सञ्चालन गर्ने ठेगान भएको समेत जनाएको छ । अध्यक्ष मोहन बैद्यद्वारा जारी विज्ञप्तिमा गत माघ ७ गते मोरङको रङ्गेली बजारमा आयोजित कार्यक्रमबारे एमाले र मधेसी मोर्चाका र्यकर्ताबीच चल्दै गएको विवादका क्रममा जनविरोधी सरकारद्वारा लाठी चार्ज गरी तथा गोली हानी तीन जना निर्दोष नागरिक ऽौपदीदेवी चौधरी, महादेव ऋषिदेव र शिवु माझीको बर्बरतापूर्वक हत्या गरिएको र कैयौंलाई निर्मम रूपमा घाइते बनाइएको भन्दै सोको निन्दा एवं गम्भीर भत्र्सना तथा विरोध गरेको बताइएको छ । साथै, पार्टी मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको क्षतिपूर्ति र घाइतेहरूको स्वास्थ्योपचारको व्यवस्थाका लागि जोडदार माग गरिएको छ ।
तपाइँको प्रतिक्रिया