मोहन वैद्य नेतृत्वको नेकपा माओवादीले काठमाडौंमा भारतविरुद्ध विरोध प्रदर्शन

मोहन वैद्य नेतृत्वको नेकपा माओवादीले बुधबार काठमाडौंमा भारतविरुद्ध विरोध प्रदर्शन गरेको छ । काठमाडौंको शान्तिबाटिकाबाट सुरु भएको विरोध प्रदर्शन काठमाडौको बिभिन्न स्थानको परिक्रमा गर्दे पुन शान्तिबाटिकामा पुगी कोणसभामा परिणत भएको थियो । भारतले नेपालको आन्तरिक मामिलामा गरेको हस्तक्षेप र नाकाबन्दीका विरोधमा जुलुससहितको विरोध प्रर्दशन आयोजना गरिएको माओवादीले जनाएको छ । नयाँ संविधान जारी भएपछि नेकपा माओवादीले भारत विरुद्ध प्रदर्शन गरेको यो पहिलोपटक हो । उसको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले भने संयुक्त विद्यार्थी आन्दोलनमा सहभागिता जनाउँदै आएको छ ।
तपाइँको प्रतिक्रिया