मौलाकालिका मन्दिरमा केवलकार निर्माणका लागि रुख कटानको काम सुरु ।

गैँडाकोट, १० जेठ ।
नवलपुरको प्रशिद्ध धार्मिक स्थल मौलाकालिका मन्दिरमा केवलकार निर्माण कार्य सुरु भएको छ । सोमबार रुख कटानको काम सुरु भए संगै केवलकार निर्माणले अब तिव्रता लिने नगर प्रमुख छत्रराज पौडेलले बताउनु भयो ।
केबलकार निर्माणले नगरको विकासमा सहयोग पुग्ने बताउदै पौडेलले निर्माण कार्यमा नगरको तर्फबाट पुर्ण सहयोग रहने बताउनु भयो । ५१ प्रतिशत कम्पनी र ४९ प्रतिशत स्थानीयको लगानी रहने गरी कुल २ अर्ब लागतमा केवलकार निर्माण हुने बताइएको छ ।
नगरप्रमुख छत्रराज पौडेलको प्रमुख आतिथ्यतामा मौलाकालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शालिकराम सापकोटाको सभापतित्वमा आज भएको कार्यक्रममा कम्पनीका प्रोजेक्ट म्यानेजर गोकुल साउदले एकवर्षभित्र केवलकार निर्माण सम्पन्न गरी संचालनमा ल्याउने बताउनु भएको अध्यक्ष सापकोटाले जानकारी दिनु भयो । केवलकारको क्षमता दैनिक ६ हजार यात्रु आवतजावत गराउने सक्ने रहने छ ।
तपाइँको प्रतिक्रिया