मौलाकाली मन्दिर गैडाकोटमा केवुलकार निर्माणका लागी आवश्यक प्रक्रिया सुरु

गैँडाकोट, ५ श्रावण ।
मौलाकाली मन्दिर गैडाकोटमा केवुलकार निमार्णका लागी आवश्यक प्रक्रिया सुरु गरिएको छ । चन्द्रागिरिमा केवुलकार निमार्ण गरेको चन्द्र प्रसाद ढकाल ग्रुपले मौलाकाली मन्दिर परिसरमा केवलकार निमार्णका लागी आवस्यक प्रक्रिया थालनी गरेको होे ।
मौलाकाली मन्दिर फेदी धारापानी टोलमा १२ कठ्ठा जमिन खरिद गरी मौलाकाली केवलकार प्रालि दर्तानै गरेर केवुलकार निमार्णका लागी अन्य प्राबिधिक तयारी भएको हो । सो कम्पनिले मौलाकाली मन्दिर परिसरमा प्रस्ताबित मौलाकाली केवलकार आयोजनाको बातावरणिय प्रभाव मुल्याकंन ई आई ए सम्बन्धि सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरी स्थानिय संग केवलकार निमार्ण र त्यसको प्रभावको बिषयमा छलफल गरेको थियो ।
कम्पनिले खरिद गरेको धारापानिमा रहेको जग्गामा तल्लो स्टेशन र मौलाकाली मन्दिरको हेलिप्याड रहेको स्थानमा माथिल्लो स्टेशन निमार्ण गर्ने गरि केवलकारको रुट तय भएको बताईएको छ । हेलिप्याडमा निकै सुबिधा युत्त भवन निमार्ण गर्ने र त्यही माथिल्लो स्टेशन, रिसोर्ट सन्चालन संगै छतमा हेलिप्याड राख्ने गरि त्यहा अनुमति प्रदान भएको बुझिएको छ ।
मैलाकाली मन्दिरमा केवलकार निमार्णको कागजी प्रक्रिया धेरै अगाढी बढीसकेको र सरकारका निकायहरुबाट उचित समन्वय भएमा एक वर्ष भित्रैमा केवुलकार सन्चालन गर्ने तयाीमा आफुहरु रहेको आई एम ई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले बताउनु भयो । स्थानिय बासिन्दाहरुले जति सक्दो छिटो केवलकार निमार्ण गर्नुपर्ने र त्यसका लागी सहयोग गर्न आफुहरु तयार रहेको बताएकाले आफुहरुले छिटै निमार्णको काम सुरु गर्ने बताउनु भयो ।
मैलाकाली मन्दिरमा केवलकार निमार्ण भएसंगै देवघाट मौलाकाली मन्दिर र यो आसपासका धार्मीक क्षेत्रको महत्व थप उचो हुने देवघाट क्षेत्र बिकास समितिका अध्यक्ष टंकनाथ पौडेलले बताउनु भयो । मौलाकाली हुदै देवघाट सम्म पनि जोड्नु पर्ने र देवघाटमा पनि त्रिकोडात्मक पुल बन्ने तयारीमा रहेकाले त्यसले गर्दा पनि देवघाट हुदै मौलाकाली जाने पर्यटकको संख्या बढ्ने उहा बताउनु हुन्छ ।
गैडाकोटबाट मौलाकाली मन्दिरमा केवलकार निमार्ण हुदा मौलाकाली मन्दिर संगै समग्र नवलपुर चितवन र तनहुको धार्मीक पर्यटनको बिकासमा निकै ठुलो टेवा पुग्ने उद्योग बाणिज्य संघ गैडाकोटका उपाध्यक्ष दिपक सापकोटाले बताउनु भयो । बृद्ध बृद्धा अपागं असंत्त देखी सबैलाई सहयोग पुग्ने र त्यसले थप रोजगारी सृजना गर्ने हुदा यो केवलकार उपयोगी हुने उहा बताउनु हुन्छ ।
केवलकार निमार्ण गर्दा स्थानिय क्षेत्रमा त्यसले पार्न सक्ने दिर्घकालिन र अल्पकालिन सबै खालका प्रभावहरको मुल्याकन गरि पछिल्ला दिनहरुमा निमार्ण कम्पनि र स्थानिय बासिन्दा र स्थानिय सरकार बिच कुनैखाले दोन्द नहुने गरी दिर्घकालिन सोचका साथ काम गर्नु पर्ने उद्योग बाणिज्य संघ चितवनका नि वर्तमान अध्यक्ष राजन गौतमले बताउनु भयो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमख अतिथि गैडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले स्थानिय सरकारका तर्फबाट सबै खाले सहयोग हुने र यहा केवलकार निमार्ण भएसंगै समग्र गैडाकोटका धार्मीक क्षेत्रहरुको बिकासमा निकै ठुलो टेवा पुग्ने बिश्वास ब्यक्त गर्नु भयो ।
कार्यक्रमा मौलाकाली सामुदायीक वनका पदाधीकारी, मन्दिरका अध्यक्ष शालिकराम सापकोटा सहितको पदाधीकारी वन मन्त्रालयका अधिकारी,तथा स्थानियहरुको सहभागिता रहेको थियो । चन्द्र प्रसाद ढकालको ५१ प्रतिसत र अन्यकोे ४९ प्रतिसत लगानी गरी १०० करोडमा केवलकार निमार्णप्रक्रिया अगाढी बढेको बताईएको छ । तर स्थानियलाई कसरी सेयर दिने भन्ने बिषय भने अहिले सम्म बाहिर आएको छैन् ।
तपाइँको प्रतिक्रिया