मौसम अपडेट ? आज कहाँ कहाँ पानी पर्दैछ ?

बैशाख १७, काठमाण्डौं
हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशभर आँशिक देखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै कोशी र बागमती प्रदेशका पहाडी भुभागका एक/दुई मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षा भईरहेको छ ।
आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको तथा तराईका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज राती भने देशभर आंशिक देखि सामान्य बदली रहने छ । सुदूर पश्चिम र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ ।
तपाइँको प्रतिक्रिया