‘म त तिम्रै हुँ’

,काठमाण्डौं जेठ ४–
अभिनेत्री सुस्मिता केसीले निर्माण गर्नु भएको चलचित्र ‘म त तिम्रै हुँ’ को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक फस्ट लुकमा चलचित्रका मुख्य नायक आकाश श्रेष्ठ र नायिका ज्योत्सना योगीलाई देख्न सकिन्छ । अहिलेका स्टार नायक अनमोल केसीको ब्यानरमा निर्माण भएको चलचित्र ‘म त तिम्रै हुँ’ श्रावण ७ गतेबाट देशभर प्रदर्शनमा आउदै छ । चलचित्रमा आकाश र ज्योत्सनाको अलावा सुस्मिता केसी, सुशील काफ्ले, जीवन भट्टराई, अनुपम श्रेष्ठ, सुसन खड्कालगायतको मुख्य अभिनय रहेको छ । चलचित्रलाई श्रीराम महतले निर्देशन गरेका हुन् । फिल्ममा सौरभ लामाको छायांकन, कविराज गहतराजको नृत्य निर्देशन, हिमाल केसीको द्धन्द्ध निर्देशन, हर्कुलस बस्नेतको संगीत, कृष्ण आचार्यको पटकथा सम्वाद रहेको छ । सुवास थापाको समेत लगानी रहेको यस चलचित्रको कथा स्वंम सुस्मिताको रहेको छ ।
तपाइँको प्रतिक्रिया