युवाहरुले गरे भुजेल गाउँमा न्यायो कपडा वितरण

पौष २७ , गैँडाकोट
पछिल्लो समय सामाजिक सेवामा युवाहरु सक्रिय बन्दै गईरहेका छन् । आईतबार गैँडाकोटका युवाहरु मिलेर गैँडाकोट ३ भुजेल गाउँमा न्यायो कपडा वितरण गरेका छन । संयुक्त नेपाल अनाथ तथा असाह्य बालबालिका समाज गैँडाकोट ५ ले न्यानो कपडा वितरण गरेको हो ।
भुजेल गाउँका ७० जना भन्दा बडी ३४ परिवारका बालबालिका तथा वृद्धवृद्धालाई सहयोग गरेको कार्यक्रम संयोजक पवन केसीले बताउनु भयो । आफूहरु पहिल्यै अवलोकन गर्दा त्यहाँका बालबालिका कठ्याङ्गग्रिएर बसेको देखेपछि त्यहाँ यएर सहयोग गरेको संस्थाका सचिव राजन पौडेलले बताउनु भयो । आगामी दिनमा आफूले सकेको सहयोग गर्ने उहाँ बताउनु हुन्छ । यो जाडोमा न्यायो कपडा पाएपछि त्यहाँका स्थानीयहरु ख्ुशी भएका थिए । कार्यक्रम संस्थाका सचिव राजन पौडेलको अध्यक्षता भएको थियो भने संस्थाका उपाध्यक्ष अम्बिक कार्की लगाएत संस्थाका सदस्यहरुको उपस्थिति रहेको थियो ।
तपाइँको प्रतिक्रिया