युवाहरुले सञ्चारमन्त्री रिजालको राजीनामा माग्दै पुत्ला जलाए

१३ असोज, काठमा
डौं । काठमाडौंका युवाहरुले सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालको राजीनामा माग्दै पुत्ला जलाएका छन् । प्रदर्शनीमार्गको आरआर क्याम्पस अगाडिको सडकमा भेला भएका युवाहरुले मन्त्री रिजालको पुत्ला जलाएका हुन् ।
‘भारतले नेपालमा नाकाबन्दी गरेको छैन भनेर राष्ट्रघाति अभिव्यक्ति मात्रै दिएनन्, भारतको नांगो दलालीसमेत गरेकाले उनले राजीनामा दिनुपर्छ,’ पुत्ला जलाउने कार्यक्रममा सहभागी रञ्जित तामाङले भने ।
स्वतःस्फूर्त भेला भएका युवाहरुले पुत्ला जलाइसकेपछि प्रहरी आएर निभाएको थियो ।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री रिजालले कतारको दोहामा आयोजित एक कार्यक्रममा भारतले नेपालमा नाकाबन्दी नगरेको अभिव्यक्ति दिएका थिए । भारतको हस्तक्षेपविरुद्ध भारतीय च्यानलहरु बन्द गरेका केबुल टिभि सञ्चालकहरुलाई पनि कारबाहीको चेतावनी दिँदै मन्त्री रिजालले २४ घण्टे स्पष्टिकरण सोधेका छन् ।
भारतको अघोषित नाकाबन्दीको कारण नेपालको जनजीबन कष्टकर भैरहेकाबेला मन्त्री रिजालले दिएको अभिव्यक्ति र कदमको ब्यापक आलोचना भैरहेको छ ।
तपाइँको प्रतिक्रिया