योङ स्टार क्लव द्धारा कवडहल निर्माण हुदै

बिबेक भण्डारी श्रावण ३, देशमा रोजगारको अवसर नभएको भन्दै दैनिक जसो देशका युवाहरु बैदेशिक रोजगारमा गइरहेको पाइन्छ । करिव ५० प्रतिशत युवाहरु आफ्नो गाउ आफ्नो देश छोडेर बैदेशिक रोजगारमा गएको अवस्था छ । यस्तो अवस्थामा मुलुकका अधिकासं युवाहरु विदेशि रहेका छन । विशेष गरेर ग्रामिण क्षेत्रको कुरा गर्ने हो भने त्यस क्षेत्रका युवाहरुलाई भेट्न मुस्कील जस्तो नै भइसकेको छ । तर अझै पनि यस्तो क्षेत्र छ जहा युवाहरु जागरुक भएर देशमा युवा विहिन गराउन हुदैन भन्ने मान्यताका साथ विभिन्न क्लव तथा समुहहरु स्थापना गरि मुलुकको युवा शक्ति स्वदेसमा नै राखेर केहि गर्नु पर्छ भन्ने मान्य ताका साथ रहि आएको छ । त्यस्तैमा अझै पनि देशका विभिन्न स्थानहरुमा यस्ता युवाहरु रहेका छन जस्ले युवा क्लव नै स्थापना गरि युवा वर्गको प्रोत्साहन गरेको देखिन्छ । नवलपरासीका विभिन्न स्थानहरुमा पनि युवाहरुलाई प्रोत्साहन तथा युवाहरुको नेत्यृत्वको विकास गराइ रहेको छ । नवलपरासीको कावासोतीमा रहेको योङ स्टार क्लव पनि एक उदाहरण हो । युवाहरुको नेतृत्वलाई प्रोत्साहनका साथ र युवाहरु देशमै रहेर केहि गर्नुपर्छ भन्ने उद्देश्यका साथ क्लवले कबडहलको पनि निर्माण कार्य अगाडि बडाएको र विभिन्न किसिमका युवहाहरुको विकासका कार्यक्रम तथा खेलकुद आयोजना हुने क्लवाका पुर्वअध्यक्ष तथा क्लवका सल्लाहकार सेख बहादुर पुन वताउनुहुन्छ ।
२०४८सालमा स्थापना भएको योङ स्टार क्लवले २०६७सालमा ११ कार्य समिति र ३ जना सल्लहाकार गठन गरि सो कबडहल निर्मा गरिएको थियो । आर्थिक समस्याका कारण निर्माण हुन नसकेको कबडहल विभिन्न स्थानबाट प्राप्त सहयोगका आधारमा २०७४ साल भित्र निर्माण सम्मपन्न गर्ने लक्ष्य क्लवले राखेको छ । कावासोतीमा विभिन्न कार्यक्रम आयोजना हुर्ने हुदा कार्यक्रम हल र क्लवलाई पनि केहि आर्थिक संकलन हुने हुदा कबडहल निर्माण गरिएको योङ स्टार क्लवका कोषाध्यक्ष आनन्द गुरुङ वताउनुहुन्छ । खेल मानिसका लागि आवस्यक व्याम हो । खेलकुद मनोरञ्न मात्र नभइ शरिरलाई स्वास्थ्थय राख्न पनि मद्धत गर्ने हुदा खेलकुद आवस्यकनै पर्दछ । अझ केहि वर्ष यता मानिसमा देखिएका विभिन्न किसिमका रोगहरुले अझ सताएको देखिन्छ । मानिसमा खानपिन तथा बदलिदो बाताबरणका कारण शरिरलाई व्यामको आवस्यक निकै पर्ने देखिन्छ । जसलाई खेलको माध्यमबाट पनि शारिरिक व्याम गर्न सकिन्छ । नेपालको पछिल्लो प्रगति खृलकुदले पनि गरेको देखिन्न विभिन्न बाहिरी मुलुकमा खेलको माध्यमबाट नै देशलाई चिनाउन सहयोग पुर्याएको छ । यति भन्दै जादा केवल खेलकुद आवस्यक त देखिएको छ तर स्रोत साधन पनि उत्तिकै आवस्यक रहेको हुन्छ । नवलपरासीको सन्दर्भमा विभिन्न खेलकुदमा जिल्लाका विभिन्न खेलाडिहरु राष्ट्यि रुपमा नै अगाडि बढेको देखिन्छ तर खेलको उचित स्रोत साधन नहुदा खेलकुदले भने जस्तो र सोचे जस्तो प्रगति अझै गर्न सकेकको छैन । त्यसैले खेलकुदको विकासको लागि पनि आफुहरुले कबडहलको निर्माण गरेको योङ स्टार क्लवका अध्यक्ष इन्द्र सिक्देल वताउनुहुन्छ । यसरी खेलको विकास सम्मभव छ तर खेलको विकासमा पनि पर्याप्त स्रोत साधनको आवस्यक रहेको देखिन्छ र त्यो स्रोत साधनमा सरकारको ध्यान केन्द्रित हुनु आवस्यक छ । खेलकुदमा प्रगति गरुन्जेल खेलाडिलाई राम्रो र खेलकुदमा प्रगति हुन नसके खेलाडिको कमजोर मात्र औल्याउनु हुदैन खेलाडिलाई पर्याप्त स्रोत साधनको आवस्यकतालाई पुर्ति गर्न अहिलेको आवस्यक हो र विभिन्न क्लवहरुले निर्माण गर्ने खेलकुद विकासका लागि गर्ने कार्य केवल अधकल्चो भएर नरोकियुन ।
तपाइँको प्रतिक्रिया