रक्तदान कार्यक्रम सम्पन्न

वैशाख १७–गर्मि मौसम बढे संगै अस्पतालमा रगतको अभाव हुने गरेको छ । यस्ता अभाव सृजना हुन नदिन विभिन्न क्लव,संघ संस्था, रेडक्रस जस्ता संघ संस्थाले रक्तदान कार्यक्रम गदै रगत अभाव हुन नदिन रक्तदान कार्यक्रम संञ्चालन गदै आएका छन । यस्तै शुक्रवार कावासोतीको फलफुल चोकमा नेपाल रेडक्रस उपशाखा कावासोती र वातावरण जनजागरण विकास मञ्च कावासोती , दिप आदर्श बाल तथा युवा सरोकार मञ्च कावासोतीको सह आयोजना द्धार्रा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । गर्मिको समयमा रगतको अभाव हुने हुदा सो रक्तदानको आयोजना गरिएको कावासोति रेडक्रस उपशाखाका सभापति योग प्रसाद शर्मा रिजालले जानकारी दिनुभयो । आयोजित रक्तदान कार्यक्रममा ५० भन्द बढिले रक्तदान गरेका थिए ।
तपाइँको प्रतिक्रिया