रजहरको फिर्के क्लवका युवाहरु धार्मिक मठमन्दिर संरक्षणमा लाग्दै

बिबेक भण्डारी माघ २५ ,देशमा रोजगारको अवसर केहि छैन भन्दै यति बेला देशका अधिकाशं युवाहरु रोजगारकोलागि विदेश पलन भइरहेका छन । लगानिको वातावरण नमिल्नु , लगानिका लागि आर्थिक समस्या उत्पन हुने हुदा रोजगारको अवसर खोज्दै थुप्रै युवाहरु विदेश पलायन भइरहेका छन । यतिबेला देशका अधिकाशं स्थान युवा विहिन गाउ भएको पनि देखिन्छ । यस्ता स्थानमा केवल महिला , बालबालिका तथा बृद्धाबृद्धहरु मात्र देखिन्छन । यसले गर्दा देशको विकासमा असर त परेको छ नै स्थानिय स्तरमा रहेका संस्कृति सम्पदाहरु पनि संरक्षण हुन सकेको छैन । यतिबेला युवाहरु धमाधम विदेश पलायन हुदै जादा स्थानिय स्तरमा रहेका मठ मन्दिर , पार्टि पौवा लायतका संस्कृतिक सम्पदाहरु पनि निर्माणको अभावमा जिर्ण बन्दै गएका छन । यसरी युवाहरु रोजगारको अवसर खोज्दै विदेशि रहेका बेला नवलपरासीको रजहरमा रहेको फिर्के क्लवले भने धार्मिक मठमन्दिर संरक्षणमा जुटेको छ। क्ेहि वर्ष अगाडि जनकल्याण सामाजिक विकास केन्द्र फिर्के क्लवको नाममा गठन भएको क्लवले यतिबेला स्थानिय स्तरमा रहेका सामाजिक संस्कृतिक सम्पदाहरु संरक्षण तर्फ लागि रहेका छन । क्लवले पहिलो चरणमा नवलपरासीकै रजहर गाविसमा रहेको कालिका मन्दिर संरक्षणमा जुटेको छ। क्लवको मुख्य उद्देश्य जिर्ण अवस्थामा रहेका मठमन्दिर , पाटि पौवा लगायतको निर्माण र संरक्षण गर्नु रहेको क्लवका अध्यक्ष अजय रिजालले बताउनुभयो । अध्यक्ष रिजालका अनुसार जिर्ण अवस्थामा रहेको मन्दिरलाई ३ वर्ष अगाडि क्लवले जिम्मा लिएर सो कालिका मन्दिरको पु्ननिर्माण तथा मन्दिरको व्यवस्थापनमा लागि परेको जानकारी गराउनुभयो । क्लवका अध्यक्ष रिजालका अनुसार आफुहरुले मन्दिर निर्माणमा ध्यान दिन थाले पश्चात मन्दिरको स्वरुप नै परिवर्तन भएको बताउनुभयो । श्रमदान र आर्थिक अभावका कारण व्यवस्थीत हुन नसकेको कालिका मन्दिर यतिबेला व्यवस्थीत बनाइएको अध्यक्षको भनाइ छ । युवा शक्तिहरु इतिबेला देशमा नरहेको अवस्थाले गर्दा देशको पुरातात्वीक वस्तुहरु जिर्ण अवस्थामा रहेका छन ।
युवाहरुको श्रम त्यस्ता सम्पदाहरुमा पुग्न नसक्दा पुरातात्वीक वस्तुहरु जस्ताको त्यस्तै छोडिएको अवस्था छ । परापुर्वकालमा जंगलको बिचमा , नदिको छेउछाउमा स्थापना गरिएको पुरातात्वीक संस्कृति झल्कने खालका यस्ता मठमन्दिर तथा पार्टि पौवाहरु संरक्षणको अभावमा जिर्ण बनेका छन । यस्तो अवस्थामा रजहरमा रहेको यो क्लवले पुरातात्वीक संरक्षणहरु जोगाउने उद्देश्यले क्लव नै गठन गरि सामाजिक काममा लागि परेको छ। लोप हुन लागेका तथा संरक्षणको आवस्यकता पर्ने मठमन्दिरहरुको निर्माण गर्न बृद्धाबृद्धहरु नसक्ने हुदा आफुहरुले क्लव नै गठन गरेर यस्तो कार्यमा लागेको क्लवका अध्यक्ष रिजालको भनाइ छ। युवाहरु एक ठाउमा गठन भएर यस्तो कार्य गर्नु निकै उत्साह तथा सकारात्मक कुरा भए पनि युवाहरुलाई चुनौतिहरु भने धेरै रहेको अध्यक्षको भनाइ छ । उहाका अनुसार युवाहरु घरको आर्थिक समस्याका कारण वैदेशिक रोजगारको लागि देशमा नहुनु नै पहिलो चुनौति रहेको बताउदै सामाजिक कार्य गर्न आर्थिक अभाव पनि अर्को चुनौति रहेको बताउनुभयो । उहाले युवाहरुले गर्ने कार्यमा विस्वास गर्नुपर्ने बताउदै युवाहरुलाई अग्रजहरुले सल्लाह सुझाव पनि दिन आवस्यक रहेको बताउनुभयो । उहाका अनुसार आफ्नो क्लवले स्थानिय स्तरमा रहेका मठमन्दिर , पाटि पौवा लायतको संरक्षमा लागि पर्ने वातावरण मिलेमा अझै अगाडि बढ्दै जाने बताउनुभयो । उहाका अनुसार क्लवले आगामि दिनमा कालिका मन्दिरको विकास संगै स्थानिय धार्किम क्षेत्रको रुपमा पनि विकास गर्दे जाने योजना रहेकोबनुभयो । यसरी युवाहरु दिनानुदिन रोजगारको खोजिमा बैदेशिक रोजगारको लागि विदेश पलायन भइरहदा देशका यस्ता युवा क्लवहरुले गरेको कार्यमा राष्टले पनि हेर्नु आवस्यक छ । युवाहरुले गर्नै सामाजिक कार्यमा पथप्रदशक बन्न आवस्यक छ । अनि मात्र पुरातात्विक संम्पदाहरुको संरक्षमा बृद्धि हुने थियो ।
तपाइँको प्रतिक्रिया