रजहरमा दोस्रो जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता हुने

गैँडाकोट १७ फागुन ।
नवलपरासी बर्दघाट सुस्ता पुर्व देवचुलीको रजहरमा दोस्रो जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । राष्ट्रिय तेक्वान्दो संघ नवलपुर र रजहर जेसिजको संयुक्त आयोजनामा यही फाल्गुण १९ गते जिल्लास्तरीय प्रतियोगीता हुने भएको हो । प्रतियोगिताबारे जानकारी दिन बिहिबार रजहर जेसिजको सभाहलमा भएको पत्रकार सम्मेलनमा जेसिज अध्यक्ष चित्रध्वज जिसिले प्रतीयोगीतामा चितवनका ७ टोली सहित २ सय खेलाडीको सहभागीता रहने जानकारी दिनुभयो । विहान ८ बजेबाट देवचुली कलेज प्रांगण रजहरमा प्रतीयोगिता हुनेछ । जेसिजको बार्षिक कार्ययोजना अन्तर्गत आयोजना गरिएको प्रतीयोगिताको बिजेताले ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । नवलपरासी जिल्ला दुई भागमा बाँडीएपछि नवलपुर क्षेत्रमा पहिलोपटक प्रतियोगीता आयोजना भएको हो । यसअघि जिल्ला नटुक्रिदै पहिलो प्रतियोगिता गैँडाकोटमा भएको थियो । रजहरमा तेक्वान्दोमा आबद्ध खेलाडीहरुको संस्थागत विकासमा कमजोरी देखीएको हुँदा खेलाडीहरुलाई राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा चिनाउन प्रतीयोगीता आयोजना गरीएको राष्ट्रिय तेक्वान्दो संघ नवलपुरका अध्यक्ष कुसुम सुवेदीले बताउनुभयो । पत्रकार सम्मेलनमा रजहर जेसिसका उपाध्यक्ष लोकबहादुृर कार्की, राष्ट्रिय तेक्वान्दो संघ नवलपुरका सचिव हरि थपा लगायतको उपस्थिती रहेको थियो ।
तपाइँको प्रतिक्रिया