रत्ननगरको मुख्य राजमार्ग यात्राको लागि जोखिम, नमूना सडक चरम लापरबाहीका काँरण भत्कियो

रत्ननगर, साउन ८
पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवन स्थित रत्ननगर नगरपालिकाको बजार क्षेत्रमा निर्माण भएको चारलेनको नमूना सडक चरम लापरबाहीका काँरण भत्किन थालेको छ । सडकको निर्माण नसकिँदै सडकको बिच बिचमा ठुला खाल्डा बन्न थालेपछि दैनिक सबारी दुर्घटनाको जोखिम पनि उत्तिकै रहेको छ । यसरि बिभिन्न ठाँउमा ठुला ठुला खाडलहरु बन्दा सबारी दुर्घटनाका काँरणले गर्दा यात्राका लागि राजमार्ग जोखिममा भन्दै जान थालेको छ ।
गत बर्ष गरेको पीच बिच बिचमा भत्केर टालेको भएपनि सोहि स्थानमा यतिबेला ठुला ठुला खाडल देखिन थालेको रत्ननगर नगरपालिका वडा नम्बर दुईका वडा अध्यक्ष तीलकराज शर्माले जानकारी दिनु भयो । यति बेला सो सडका दैनिक ८ देखि १० वटा सम्म सबारी दुर्घटना हुने गरेको स्थानीयकोे भनाई रहेको छ ।
उक्त सडकमा दैनिक डिभाईडर प्रबेश गर्ने टाँडी बजार छेउ, टाँडी चोक, सौराहा चोक र रत्ननगर नगरपालिकाको गेट नजिकै बकुल्हर चोकमा बढीमात्रामा सडक दुर्घटना हुने गरेको छ । यता सडक मर्मतको बिषयमो निर्माण कम्पनिको लापरवाहीको काँरणले गर्दा यात्रहरुुले दुख पाएको बुझिन्छ । सडक बिभागले पटक पटक सडक मर्मत गर्न आग्रह गरेको भएपनि बिभागको आग्रहलाई निर्माण कम्पनिले अटेर गरेको सडक बिभाग चितवनका प्रमुख कृष्ण अधिकारीले जानकारी दिए ।
भिडियो न्यूज हेर्नुहोस
तपाइँको प्रतिक्रिया