रत्ननगरमा मर्निङवाक गर्ने क्रममा हृदयघात भएर एक पुरुषको मृत्यु

चितवन, चैत २४
पूर्वी चितवनको रत्ननगर नगरपालिका–९ मा हृदयघात भएर एक पुरुषको मृत्यु भएको छ । आज बिहान मर्निङवाक गर्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा रत्ननगर–४ देवौलीका ५१ वर्षिय जीवन महतो रहेका छन् । रत्ननगर–९ खेतबारी रेष्टुरेन्ट नजिक उनको मृत्यु भएको टाँडी प्रहरीले जनाएको छ । बेलायतमा बस्दै आएका उनी चैते दशैँमा नेपाल आएका र उनमा कुनैपनी दिर्घरोग नरहेको प्रहरीले जनाएको छ । शवको पोष्टमार्टमको लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रिया