रत्ननगर सिमाको खगेरी पुल नजिक शौचालय जाँदै गरेका एक बृद्ध व्यक्तिको मृत्यु

चितवन, भदौ ३
रत्ननगर नगरपालिकाको सिमानामा पर्ने खगेरी पुल नजिकै एक बोलेरो गाडीको ठक्करबाट एक बृद्ध व्यक्तिको मृत्यु भएको छ ।
पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ६ र ८ को सिमानामा पर्ने खगेरी पुल नजिकै आज बिहान करिब साढे ५ बजेको समयमा बोलेरोको ठक्करबाट शौचालय जाँदै गरेका एक बृद्ध व्यक्तिको मृत्यु भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी निरीक्षक धर्म अधिकारीको जानकारी अनुसार स्थानीय ७१ वर्षीय खड्क बहादुर राना मगर दिसा पिसाव गर्न पूर्व–पश्चिम राजमार्ग पार गरेर शौचालय जाँदै गर्दा बोलेरोको ठक्करबाट मृत्यु भएको हो ।
बोलेरोको ठक्करबाट घाइते भएका मगरको उपचारका लागि भरतपुर अस्पतालतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको छ । बृद्धलाई ठक्कर दिएर बोलेरो फरार रहेको र खोजी कार्य जारी रहेको अधिकारीले बताए ।
दुर्घटनापछि स्थानीयले राजमार्ग अवरुद्ध गरेका छन् । राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रिया