रवि लामिछानले आइतबार नै नागरिकताको प्रतिलिपि लिने, लगत्तै चितवन आउने

चितवन, माघ १४
नेपाली नागरिकता विवादमा परि अनागरिक बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री समेत रहेका रवि लामिछानले आइतबार नै नागरिकताको प्रतिलिपि लिने भएका छन् ।
शुक्रबार सर्वोच्च अदालतले लामिछानेले प्रयोग गरेको नागरिकता बदर गरेपछि नयाँ प्रतिलिपि नागरिकता लिन लागेका हुन् ।
नागरिकताको प्रतिलिपि लिने बित्तिकै लामिछाने चितवन आउने कार्यक्रम तय भएको जनाईएको छ । उनी गत मंसिरमा भएको प्रतिनिधिसभाको निर्वाचनमा चितवन क्षेत्र नं.२ बाट निर्वाचित सांसद थिए । लामिछानको सांसद पद खारेज भएसंगै यस निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुने भएको छ । उपनिर्वाचनमा पनि लामिछाने नै चितवन २ बाट उम्मेदवार बन्ने बताइएको छ ।
तपाइँको प्रतिक्रिया