रवि लामिछानेले चितवन २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता

२० चैत, चितवन ।
रवि लामिछानेले चितवन निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । चितवनको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सुरुमै उनले उम्मेदवारी दर्ता गराएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले दिउँसो १ बजे उम्मेदवारी दर्ताको समय लिएको भए पनि तनहुँ जाने कार्यक्रम रहेकोले बिहानै उम्मेदवारी दर्ता गराएको उनका स्वकीय सचिब प्रकास सिग्देलले बताए ।
यस्तै, कांग्रेसले दिउँसो २ बजे, एमाले दिउँसो ३ बजे र राप्रपाले अपराह्न ४ बजे उम्मेदवारी दर्ता गर्ने तय भएको जनाईएको छ । यसअघिको निर्वाचनमा भारी मतान्तरले विजयी भएका लामिछाने नागरिकता विवादमा सर्वोच्चले गरेको फैसलापछि पदमुक्त भएका थिए । लामिछाने पदमुक्त भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनको मतदान २०८० वैशाख १० गते हुनेछ । यसका साथै तनहुँ–१ र बारा–२ मा पनि आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।
तपाइँको प्रतिक्रिया