राइनो गोल्ड कपको उद्घाटन कार्तिक १५ गते मुख्यमन्त्री गुरुङ्गले गर्ने

एक सिंङ्गे गैंडा लगाएतका जंगली जनावरहरुको संरक्षणमा युवाहरुलाई आकर्षण गर्नका लागि पुर्व नवलपरासीको मध्यबिन्दु नगरपालिका-२ कोल्हुवामा कार्तिक १५ गते देखि राइनो संरक्षण गोल्डकप फुटवल प्रतियोगिता शुरु हुनेभएको छ ।
स्थानीय कोल्हुवामा गैँडा संरक्षणका लागि प्रतियोगिता १५ वर्षदेखि हुँदै आइरहेको छ । गोल्डकप फुटवल प्रतियोगिताको तयारी भईरहेको र ए डिभिजनका, विभागीय टिम सहित १२ टिमको सहभागिता हुने नन्द भाउजु मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दोमन बहादुर भण्डारीले जानकारी दिए । प्रतिायोगिताको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले ४ लाख ९९ हजार ५ सय ५५ का साथ आन्र्तरीक पर्यटन विकास गर्न होमस्टे भ्रमणका लागी रु ५१ हजार रुपैयाँ पुरस्कार पाउने छ भने उपविजेता हुने टिमले २ लाख ५० हजार ५ सय ५५ रुपैयामा चित्त बुझाउनुपर्ने छ । यस्तै उत्कृष्ट खेलाडिलाई ५ हजार,प्रतियोगीताभरको उत्कृष्ट खेलाडिलाई १० हजार, सर्वािधक गोलकर्तालाई १० हजार सहित प्रमाण पत्र शिल्ड प्रदान गरिने छ भने टिम एलायन्स वापत प्रति खेल ३ हजारका दरले उपलब्ध गराइनेछ । राइनो संरक्षण गोल्डकप फुटवल प्रतियोगिता कार्तिक १५ गते देखी २९ गते सम्म चल्ने छ ।
तपाइँको प्रतिक्रिया