राइनो संरक्षण गोल्डकप फुटवल प्रतियोगिता हुने

पुरुषोत्तम सुबेदी परासी , १३ असोज , नवलपरासीमा राष्ट्रिय स्तरीय राईनो संरक्षण गोल्डकप हुनेभएको छ । साविकको कोल्हुवा गाविसमा रहेको नन्दभाउजु मध्यवर्ती उपभोक्ता समिती पश्चिम सेक्टर नवलपरासीको आयोजनामा आगामी असोज २८ गतेबाट प्रतियोगीता हुने भएको हो ।
प्रतियोगितामा नवलपरासी , चितवन, रुपन्देही , कास्कि , काडमाण्डौ , पाल्पा मकवानपुर सहितका जिल्लाहरुबाट १२ वटा टिमको सहभागिता रहने छ । प्रतियोगितामा प्रथम हुनेले १ लाख १५ हजार ५ सय ५५ रुपैया , द्धीतीय हुनेले ६० हजार ५ सय ५५ रुपैया प्रँप्त गर्नेछन भने उत्कृष्ट टिमले ३५ हजार रुपैया , रुपैया प्राप्त गर्नेछ । प्रतियोगिता संचालनकालागी करीब २५ लाख रुपैया खर्च हुने अनुमान आयोजकले गरेको छ । विगत १० वर्षअघिबाट संचालन हुदै आएको यो प्रतियोगिता विविध कारण बस विचमा केहि वर्ष रोकिएको थियो भने यस वर्षबाट यसलाई निरन्तरता दिईने छ ।
तपाइँको प्रतिक्रिया