राईननो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता असल कार्य : बन मन्त्री शंकर भण्डारी

बिबेक भण्डारी १, बन मन्त्री शंकर भण्डारीले वन्यजन्तुको आक्रमणबाट मृत्यु भएकालाई थप रकम उपलब्ध गराउन पहल गर्ने वताउदै घाइते भएकाको उपचार खर्च समेत व्यहोन पहल गर्ने वताउनुभयो । नवलपरासीको मध्यविन्दु नगरपालिका–२ कोल्हुवामा सोमबारबाट शुरु भएको १२ औ राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री भण्डारीले यस्तो वताउनुभएको हो । मन्त्री भण्डारीले वन्यजन्तुको आक्रमणबाट घाईते तथा मृत्यु भएकालाई आफ्नै पहलमा घरमै पुगेर ५० हजार रुपैयाँ दिने कामको शुरुवात भएकोले अब छिट्टै उक्त रकम वृद्धि हुने जानकारी गराउनुभयो । उहाले कम्तिमा ५ लाखसम्म उपलब्ध गराउन आफुले पहल गर्ने जानकारी गराउनुभयो । यस्तै उहाले आगामि वर्षबाट बन मन्त्रालयले राईननो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताका लागि १५ लाख रुपैयााँ छुट्याउने प्रतिबद्धता समेत जानकारी गराउनुभयो । ग्रामीण स्तरमा समेत यसरी वन्यजन्तु संरक्षणका लागि स्थानीयको पहलमा राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना हुनु असल कार्य भएको भन्दै यसको स्तरवृद्धिमा आफुले रकम विनयोजन गर्ने वताउनुभयो ।
तपाइँको प्रतिक्रिया