राईनो गोल्ड कपको सम्पुर्ण तयारी पुरा

सागर पोख्रेल/कोल्हुवा
असोज ३०
बन तथा बन्यजन्तु संरक्षणमा जनचेतना र युवा सहभागीताको लागी संचालीत राईनो संरक्षण राईनो गोल्ड कपको सम्पुर्ण तयारी पुरा भएको नन्द भाउजु मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष एवम् मुल समारोह समिति संयोजक दोमन भणरीले बताए । कात्र्तिक १ गतेदेखि १३ गते सम्म सञ्चालन हुने खेलको नेपाल सरकारका बन तथा भू संरक्षण मन्त्रि शंकर भण्डारीबाट गरीने अध्यक्ष दोमन भण्डारीले जानकारी दिए । प्रतियोगितामा नवलपरासी , चितवन, रुपन्देही, काठमाण्डौसहित देशभरिका १२ वटा टिमको सहभागिता रहने खेल संयोजक टेक प्रसाद पोख्रेलले जानकारी दिए । उद्धाटन खेलमा जगदम्बा लुम्बिनी र पिप्ले युथ क्लब मकवानपुर विच हुने पोख्रेलले जानकारी दिए । उद्धाटन कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन राष्ट्रिय स्तरका कलाकारहरुको साथमा विविध झाकिहरु समेत प्रस्तुत गरीने भएको छ । एक सिगेँ गैडाको संरक्षण र वन्यजन्तुको चोरी शिकार नियन्त्रणका लागि युवाहरुलाई प्रत्यक्ष सहभागी गराउने उद्देश्यले सो प्रतियोगिता आयोजना गरिएको प्रचार समिति संयोजक विष्णु अधिकारीले जानकारी दिए । विश्वमा हाल सम्म गैैडा संरक्षणकालागी कहीपनी यसरी जनचेतना फैलाउने उदेश्यका साथ खेल सञ्चालन नभएको हुदाँ राईनो संरक्षण फुटबल प्रतियोगिता आयोजना गरीएको संयोजक अधिकारीले बताए । मोफसलकै धेरै राशि रहेको राईनो संरक्षण राईनो गोल्ड कप फुटबल प्रतियोगीतामा विजयीहुन े प्रथम हुनेले रु ३ लाख २५ हजार ५ सय ५५ रुपैया, प्रमाण पत्र र मेडल प्राप्तको साथै १ दिने अमलटारी होमस्टे बसाई गर्ने पाउनेछन्, भने दितिय हुनेले रु १ लाख ६५ हजार ५ सय ५५ रुपैया प्रमाण पत्र र मेडल प्राप्त पाउने छन् । खेल मध्यविन्दु नगरपालिका–२, कोल्हुवामा रहेको कुमारवर्ती उच्च मा.वि.को खेल मैदानमा सञ्चालन हुनेछ ।
तपाइँको प्रतिक्रिया