राईनो संरक्षण गोल्डकपको आजको खेलमा लम्जुङ ट्राईबे्रकरमा बिजयी

दयाराम आचार्य,कावासोती ,कार्तिक २१। गैडा संरक्षणमा टेवा पुर्याउने उद्देश्यका साथ नन्दभाउजु मधयवर्ती उपभोक्ता समितीको आयोजनामा नवलपरासीको मध्यविन्दु नगरपालिका २ मा जारीे राईनो संरक्षण गोल्डकप फुटवल प्रतियोगितामा अन्र्तगत आज भएको खेलमा बुद्ध युवा क्लब लम्जु¨ ट्राईबे्रकरमा बिजयी भएको छ । बिजय युथ क्बल हेटौडा र बुद्ध युवा क्लब लम्जु¨ बिच भएको खेलमा निर्धारीत समयमा दुवै तर्फ बाट १ ÷१ गोलको बराबरी भएपछि खेल ट्राईबे्रकरमा धकलिएको थियो । ट्राईबे्रकरमा बुद्ध युवा क्लब लम्जु¨ ५÷३ गोल अन्तरले बिजयी भएको हो । दोश्रो हाफमा हेटौडाका खेलाडि एभिलले रातो कार्ड खाएर बाहिरीएका थिए । दोश्रो हाफको केहि समय हेटौडा १० खेलाडिमा सिमित भए पनि त्यसको फाईदा लम्जु¨ले लिन सकेन र खेल १ ÷१ को बराबरीमा सकिएको थियो ।प्रतियोगिता अन्र्तगत भोलि कुनै पनि खेल नरहेको र पर्सि २३ गते बाट पुनः नियमित तालिका अनुसार खेल हुने आयोजकले जनाएको छ ।
तपाइँको प्रतिक्रिया