राईनो संरक्षण गोल्डकप फुटवल प्रतियोगिताको आजको खेलमा बुद्ध युथ क्लब लम्जुङ बिजयी

गैडा संरक्षणमा टेवा पुर्याउने उद्देश्यका साथ नन्दभाउजु मधयवर्ती उपभोक्ता समितीको आयोजनामा नवलपरासीको मध्यविन्दु नगरपालिका २ मा जारी राईनो संरक्षण गोल्डकप फुटवल प्रतियोगिता अन्र्तगत आज भएको खेलमा बुद्ध युथ क्लव लम्जुङ विजयी भएको छ ।आयोजक टिम सुर्योदय युथ एकेडेमी बिच भएको खेलमा बुद्ध युथ क्लव लम्जुङ १÷० गोल अन्तरले बिजयी भएको हो । खेलको ५ औ मिनेटमा बुद्ध युथ क्लव लम्जुङका लागि मनोज घलेले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलमा त्यस पछि कुनै पनि टिमबाट थप गोल हुन नसके पछि लम्जुङ १ ÷० गोल अन्तरले बिजयी भएको हो । भोलिको खेल विरगन्ज युथ यकेडेमि र ईन्देणि एकीकृत पोखरा बिच दिनको ३ बजे हुदैछ ।
तपाइँको प्रतिक्रिया