राईनो संरक्षण गोल्डकप फुटवल प्रतियोगिताको आजको खेलमा बिजयी युवा क्लब हेटौडा बिजयी

दयाराम आचार्य,कावासोती ,कार्तिक १७। गैडा संरक्षणमा टेवा पुर्याउने उद्देश्यका साथ नन्दभाउजु मधयवर्ती उपभोक्ता समितीको आयोजनामा नवलपरासीको मध्यविन्दु नगरपालिका २ मा जारीे राईनो संरक्षण गोल्डकप फुटवल प्रतियोगिता अन्र्तगत आज भएको खेलमा बिजयी युवा क्लब हेटौडा बिजयी भएको छ । रुपन्देहि ११ रुपन्देहि र बिजयी युवा क्लब हेटौडा बिच भएको खेलमा बिजयी युवा क्लब हेटौडा १÷० गोल अन्तरले बिजयी भएको हो । खेलको चौथो मिनेटमा हेटौडाका लागि नाईजेरीएन खेलाडि भिक्टरले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलमा त्यस पछि कुनै पनि टिमबाट थप गोल हुन नसके पछि हेटौडा १ ÷० गोल अन्तरले बिजयी भएको हो ।आजको खेलमा तिन जना खेलाडिले पहेलो कार्ड पाएका छन । हेटौडाका सतिस भन्डारी र मनोज गुरु¨ त्यस्तै रुपन्देहिका सरोज थापाले पहोलो कार्ड पाएका थिए । प्रतियोगिता अन्र्तगत लम्जु¨ फुटबल एकेडेमि लम्जु¨ र आयोजक सुर्यदय युथ क्लब बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।प्रतियोगितामा नवलपरासी , चितवन, रुपन्देही , कास्कि , काडमाण्डौ , पाल्पा, मकवानपुर सहितका जिल्लाहरुबाट १२ वटा टिमको सहभागिता रहेको छ ।प्रतियोगिताको रेडियो सामथ्र्य मिडिया पार्टनर रहेकोे छ ।
तपाइँको प्रतिक्रिया