राजतन्त्र पुर्नस्थापना जेठ १५ गते भित्रमा गर्ने भन्दै आन्दोलन घोषणा

११ चैत, काठमाडौ । शाही यूवा शक्ति नेपाल नामक संगठनले राजतन्त्र पुनःस्थापनाका लागि सडक आन्दोलन कार्यक्रम घोषणा गरेको छ । जेठ १५ गते भित्रमा राजतन्त्र पुर्नस्थापना गर्ने लक्ष्यसमेत संगठनले सार्वजनिक गरेको छ । रिपोर्टर्स क्लब नेपालमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा आन्दोलन कार्यक्रम घोषणा गरिएको हो । कार्यक्रमअनुसार शुक्रबार राजधानीमा गणतन्त्र विरुद्ध र राजतन्त्र पुनर्बहालीको पक्षमा विरोधसभा गरिनेछ भने दिउँसो ३ बजे न्यूरोड पिपलबोटमा कोणसभा गरिने छ ।पत्रकार सम्मेलनमा सस्थाका अध्यक्ष पशुपति खड्काले गणतन्त्र विदेशीले लादेको एजेण्डा भएकाले त्यसलाई कुनै पनि हालतमा विस्थापित गर्नुपर्ने बताए । नेपाली माटो सुहाउँदो राजसंस्थाको पुर्नस्थापनाका लागि आवश्यक परे हतियार उठाउने उनले चेतावनी दिए ।उनले भने, ‘मरिसकेको संसदीय ब्यवस्था त पुनस्र्थापना भयो भने राजतन्त्र त अहिले मुर्छित भएको, निदाएको वा इन्जेक्सन लगाएर बेहोस बनाएको अवस्थामा मात्रै छ । यसको पुनःस्थापनाका लागि हामी जस्तोसुकै बलिदान दिन पनि तयार छौ ।’
तपाइँको प्रतिक्रिया