राजनैतिक दलले मानवअधिकारलाई व्यवहारमा उतार्ने प्रतिवद्धता

गैँडाकोट १९, गैँडाकोटका राजनैतिक दलले मानवअधिकारलाई व्यवहारमा उतार्ने प्रतिवद्धता जनाएका छन् । मानबअधिकार तथा शान्ति समाजको २१ औं स्थापना दिवसका अवसरमा आज गैँडाकोटमा भएको कार्यक्रममा राजनैतिक दलले विगतमा जे जस्तो भएपनि अब मानवअधिकार तथा शान्तिका लागि एकवद्धता जनाउने प्रतिवद्धता जनाएका हुन् । मानवअधिकार तथा शान्ति समाज नवलपरासीको आयोजनामा गैडाकोट एकिकृत वहुउद्धेश्यीय सहकारी संस्थाको सभाहलमा कार्यक्रम आयोजना गरिएको हो । नेपाली काँग्रेस नवलपरासीका कोषाध्यक्ष ओमप्रसाद सापकोटा, काँग्रेस गैँडाकोटका सभापति तारापति खरेल, एमाले नगर अध्यक्ष षडानन्द लामिछाने, नेकपा माओबादी केन्द्र गैँडाकोटका अध्यक्ष दुर्गादक्त ढुंगाना, राप्रपा नेपाल नगर अध्यक्ष वेदप्रसाद सापकोटाले मानवअधिकार र शान्तिका लागि एकजुट भएर काम गर्ने वताउनुभयो । मानवअधिकार तथा शान्ति समाजका केन्द्रिय सदस्य श्यामसुन्दर पराजुली, राजेन्द्र पौडेलले राजनैतिक परिवर्तनको मुख्य संवाहक मानवअधिकार तथा शान्ति समाज रहेको वताउनुभयो । कार्यक्रममा मानवअधिकार तथा शन्ति समाज नवलपरासीका पुर्व अध्यक्ष रामहरि सराह, महिला सञ्जाल गैँडाकोटका अध्यक्ष रेखा पौडेल,विजय एफ एमका स्टेशन म्यानेजर धु्रवमणि पौडेल,रेडक्रस नवलपरासीका पुर्व सभापति केशवप्रसाद सापकोटा, गैँडाकोट एकिकृत वहुउद्धेश्यीय सहकारी संस्थाकी कार्यवाहक अध्यक्ष माधवी कट्टेल लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । मानबअधिकार तथा शान्ति समाज नवलपरासीका कार्यवाहक अध्यक्ष माधव प्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजको अवधारणापत्र डा मतिप्रसाद ढकालले र स्वागत मन्तब्य प्रकाश पौडेलले प्रस्तुत गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया