राजावादीले गराजठबन्धनबाट हात झिक्ने बित्तिकै सरकार विघटन हुने एकीकृत माओवादीका केन्द्रीय सदस्य खिमलाल देवकोटाको दावी

एकीकृत माओवादीका केन्द्रीय सदस्य खिमलाल देवकोटाले वर्तमान के.पी.शर्मा ओली गठबन्धन सरकारको सुत्रधार भएको बताउनु भएको छ ।रफत सञ्चार क्लबले बुधबार भक्तपुरमा आयोजना गरेको साक्षातकार कार्यक्रममा बोल्दै नेता देवकोटाले वादीले गराजठबन्धनबाट हात झिक्ने बित्तिकै सरकार विघटन हुने दावी गर्नु भयो । कमल थापाको हातमा वर्तमान सरकार रहेको बताउँदै उहाँले राजावादीको योजना सफल नभए वर्तमान सरकार विघटन हुने बताउनुभयो । पुराना राजनीतिक दलहरु आर्थिक लाभमा फसेको र कमाउ धन्दाको पछाडि लाग्ने गरेको बताँउदै उहाँले वर्तमान गठबन्धन राजावादीको षड्यन्त्रमा फस्दा संघीय लोकतान्त्रिक गणतन्त्र कै उपहास भएको उल्लेख गर्नुभयो । उहाँले भारतले लगाएको नाकाबन्दी अघोषित भनिए पनि घोषित रुपमै भएकाले सरकारले आधिकारिक रुपमा नाकाबन्दी भनेर खुलेर भन्न नसकेको धारणा पनि राख्नुभयो ।वर्तमान सरकार जनताको अगाडि भारतको विरोध गरेजस्तो गरेर भारतको आर्शीवाद लिन लागि परेको उहाँले आरोप लगाउनु भयो । उत्तरको नाका खोल्न वर्तमान सरकार नलाग्ने बताउँदै उत्तरतर्फ छुट्याइएको बजेट समेत सरकारले कटौती गदै लगेको बताउनुभयो । उहाले तराई आन्दोलनका जायज माग सम्बोधन गरिनु पर्ने बताउँदै भारतलाई समेत कुटनीतिक स्तरबाट सम्बोधन गरिनु पर्नेमा जोड दिनुभयो ।
तपाइँको प्रतिक्रिया