राजेन्द्र महतो सिधै काठमाडौं

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफू दिल्लीबाट फर्किना साथ सिधै मधेस जाने सोचमा रहेपनि प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहमा वार्ताका लागि आफू काठमाडौं आएको बताउनुभएको छ । दुई साता लामो उपचारपछि भारतबाट स्वदेश फर्कने क्रममा आइतवार त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै महतोले यस्तो तर्क गनुभएको हो । उहाले प्रधानमन्त्री ओलीले मधेसी मोर्चाका माग पूरा गर्ने बचन दिएकाले माग पूरा हुने विश्वास व्यक्त गर्नुभयो । उहाले आफूहरुले मधेसी, आदिवासी जनजाति लगायत सबैका अधिकारका लागि तराईमा आन्दोलन गरिरहेको धारण राख्नुभयो । महत्तोले प्रधानमन्त्रीले छिट्टै समस्याको समाधान हुने विश्वास दिलाएको समेत बताउनुभयो । महतोले भारतले पनि मधेसमा भइरहेको आन्दोलनको समाधान वार्ताबाटै लागोस् भन्ने चाहना राखेको जानकारी दिनुभयो ।
उहाले भारतीय नेताहरुले छिमेकी मुलुकमा शान्ति, स्थिरता र समृद्धी कायम भएको आफूहरुले हेर्न चाहेको आफूसँगको भेटमा बताएको पनि उल्ल्ेख गर्नुभयो । उहाले संविधानमा आवश्यक संशोधन गरेर भएपनि सवै समूदायले संविधानमा अधिकार सुरक्षित होस भन्ने पक्षमा भारत रहेको जानकारी नेताहरुले दिएको बताउनुभयो ।
तपाइँको प्रतिक्रिया