राज्यले यातायातको सिण्डकेट तोडेपछि साना ब्यबसायी उत्साहित / प्रा. लि दर्ता गरि धमाधम सवारी साधन भित्र्याईदै ।

राजन खरेल,
गैँडाकोट, २९ असार ।
राज्यले यातायातको सिण्डकेट तोडेपछि साना ब्यबसायी उत्साहित भएका छन् । बिहिबार, पुर्वी नवलपरासीको गँैडाकोट नगरपालिकामा, सरल यातायात प्रा.लि को समुद्घाटन गरिएको छ ।
यातायात क्षेत्रको सिण्डिकेट हटेपछि, पुर्वी नवलपरासी जिल्लमै, पहिलो पटक कम्पनी रजिष्टारको कार्यलयमा दर्ता गरि यातायात प्रालि दर्ता भएको हो । बिहिबार गँैडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले प्रा.लिको समुद्घाटन गर्नुभएको हो । पौडेलले प्रा.लि. को विधान अनावरण गरेर उद्घाटन गर्नुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै, नगरप्रमुख पौडेलले यातायात क्षेत्रका ब्यबसायीले राज्यले बनाएका निति नियम मान्दै व्यवसाय संचालन गर्नुपर्ने बताउनुभएको छ । उहाँले राज्यले निदिष्ट गरेको निति नियमलाई पालना गर्दै, मर्यादा पुर्वक व्यवसाय संचालन गर्नुपर्ने बताउनुभयो । समारोहमा जिल्ला ट्राफिक प्रहरी कार्यलय नवलपुरका ईञ्चार्ज, लक्ष्मण बहादुर शाहीले नवलपुर क्षेत्रमा दुर्घटना का घटना बृद्धि भैरहेकोले स्थानिय सरकारले ट्राफिक संग समन्वय गर्नुपर्नेमा जोड दिुनभयो । शाहीले, जिल्लामा यस आर्थिक वर्षमा र्दुघटनाबाट मात्र ६४ जनाले ज्यान गुमाएको र ९७ जना गंभिर घाईते भएको जानकारी गराउनुभयो ।
सवारी चेकजाचका क्रममा आर्थिक वर्षमा १ करोड बढि रकम संकलन भएको खुलासा गर्नुभयो । ईञ्चार्ज शाहीले जिल्लामा सडक दुर्घटना बृद्धि भैरहेको सन्र्दभमा ट्राफिक प्रहरीले विशेष अभियान संचालन गरेको जानकारी गराउदैैं , ट्राफिक नियमको पालना गर्न सबै समुदायलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा ईलाका कार्यालय गैँडाकोटका प्रमुख दिवश जिसीले यातायात ब्यबसायीलाई, नियमसंगत गतिविधी संचालन गर्न आग्रह गर्दै , आफुहरुले सुरक्षाको ग्यारेन्टी प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
उद्घाटन समारोहमा अखिल नेपाल यातायात ब्यबसायी संघ का केन्द्रिय सदस्य सुमन भुजेलले साना यातायात व्यवसायीहरुको हकमा स्थानिय सरकारले सम्बोधन गर्नुपर्ने धारणा राख्नुभयो ।
यसैबिच सरल यातायात व्यवसायी प्रालिका अध्यक्ष झम बहादुर माकिम मगरले स्थानिय सरकार र सरोकारवाला निकाय संग समन्वय गरि व्यवसाय संचालन गरिने बताउनुभएको छ ।
उहाँले यात्रीहरुलाई प्रभावकारी सेवा दिन आफुहरु यस थलोमा आएको खुलासा गर्दै पहिलो चरणमा करिब १ दर्जनको सङ्ख्यामा तिन पाङ्ग्रे सवारी सुरु गरेको बताउनुभयो । गैँडाकोट नगरपालिका र भरतपुर महानगरपालिकाको बजार क्षेत्रमा सुरुमा सबारीले सेवा प्रदान गर्नेछ । अध्यक्ष माकिम मगरले, आगामी दिनमा सेवा विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो ।
तपाइँको प्रतिक्रिया