रानितीमा महिला सहभागीता बढाउन आवश्यक

कावासोती ७, निर्णायक तहमा महिलाहरुको पहुच बढाउनकालागी रानितीमा महिला सहभागीता बढाउन आवश्यक रहेको अखिल नेपाल महिला संघकी केन्द्रिय सदस्य विमला अर्यालले बताएकी छन । बुधवार नवलपरासीको सुनवलमा क्रियाशिल पत्रकार महिला डब्लु डब्लु जे नवलपरासीले आयोजना गरेको राजनितीमा महिला सहभागीता विषयक सार्वजनिक परामर्श कार्यक्रममा प्रमुख अथितीको रुपमा बोल्दै उनले यस्तो बताएकी हुन । उनले राजनितीमा महिलाको सहभागीता वृद्धि भएमा महिला हिंसा अन्त्य गर्न सहयोग पुग्नुका साथै सन्तुलित समाज निर्माणकालागी पनी टेवा पुग्ने बताईन । राजनिती राज्यको एउटा प्रमुख अंग भएको र राज्य संचालन नै राजनितीक नेतृत्वबाट हुने हुदा राजनैतिक नेतत्वमा महिलाको सहभागिता वृद्धिले महिलालाको हक अधिकार सुनिश्चित हुने र सुशाशन पनी कायम हुने भएकोले गाउ तहदेखि केन्द्रिय स्तरसम्म नै राजनितीक नेतृत्वमा महिलाको संख्या वृद्धि गर्नुपर्ने र त्यकालागी राज्यका सबै दलहरुले महिलालाई विषेश स्थान दिन आवश्यक रहेको उनको भनाई थियो । साथै महिला स्वयम पनी राजनैतिक नेतृत्वमा आउनकालागी सक्षम हुन आफैले नै पहल गर्नुपर्ने उनको सुझाव थियो । कार्यक्रममा सहभागी नेपाली काङग्रेसका यम प्रसाद पाण्डे , नेकपा एमालेकी धनमाया क्षेत्रीे, नेकपा माओवादी केन्द्रका विमल ढकाल, तमलोपाका प्रमानन्द गुप्ता , सद्भावना पार्टीका हरिलाल गुप्ता , राष्ट्रिय जनमुक्ती पार्टीका कर्ण वहादुर थापा , अखण्ड नेपालका राम वहादुर महर्जन , लगायतले बोल्दै महिलाहरु राजनितीमा लाग्नकालागी सर्वप्रथम सक्षम हुनु आवश्यक रहेको बताएका थिए । अझै पनी महिलाहरु समाजमा अगाडी आएर बोल्न पनी हिम्मत नगर्ने , राजनितीमा चासो नदिने तर , पुरुषहरुले पछाडी पारे भन्ने आरोप लगाउने गरेको भन्दै उनीहरुले महिलाहरुलाई राजनितीमा सक्षम बनाउन प्रशिक्षण तालिम गोष्ठिहरुको आवश्यकता रहेको समेत औल्याएका थिए । यस्तै उनीहरुले आफनो दलमा महिलाको सहभागीता वृद्धिकालागी पहल गर्ने प्रतिबद्धता समेत जनाएका थिए । स्थानीय निकायको निर्वाचनको वहश चलिरहेको समयमा अब राजनितीदल , महिलासंग सम्बन्धित सबै संघसंस्थाहरुले स्थानीय निकायमा महिलाको अर्थपुर्ण सहभागीताकालागी ठोस योजना बताएर नेतृत्व विकासका कार्यक्रम ल्याउन जरुरी रहेको समेत सुझाएका छन । क्रियाशिल पत्रकार महिला डब्लु डब्लु जे नवलपरासीकी अध्यक्ष धनु भुषालको अध्यक्षतामा भएको कार्यक्रममा सुनवल नगरपालिकाभित्रका राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी , महिला अगुवाहरुको सहभागीता रहेको थियो । क्रियाशिल पत्रकार महिला डब्लु डब्ले जे नवलपरासीकी उपाध्यक्ष ज्ञानु पंगेनीले स्वागत मन्तव्य राख्नुभएको थियो भने क्रियाशिल पत्रकार महिला डब्लु डब्ले जे नवलपरासीकी सचिव सीता शर्माले कार्यक्रम संचालन गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया