राप्तीमा माछा मार्न रोक

माछालाई आहारा बनाउने प्रजातिहरु वन्यजन्तु, चरा तथा गोहीलगायत जलचरको वासस्थान संरक्षणका लागि माछा मार्न बन्द गरिएको वन्यजन्तु चोरी सिकार नियन्त्रण युवा जागरण अभियान कुमरोजका अध्यक्ष ईश्वरी पाठकले जानकारी दिए । बछौली र कुमरोज क्षेत्रमा माछा मार्न उपलब्ध गराउँदै आएको अनुमतिपत्र वितरण कार्य बन्द गरिएको उनको भनाइ छ ।स्थानीयवासीलाई विभिन्न तालिम, सीप दिएर वैकल्पिक पेसातर्फ आकर्षित गराई माछा मार्न बन्द गराइएको पूर्वी चितवनको बूढीराप्ती उपभोक्ता समितिका गोविन्द दराईंले बताए ।“दुर्घटना हुने र संरक्षित जीवजन्तुको वासस्थानमा असर पर्छ, त्यसैले माछा मार्ने कार्य बन्द गरएका हौँ” उनले भने । उक्त क्षेत्रमा निकुञ्जले माछा मार्न हाते जाल प्रयोगका लागि अनुमतिपत्र दिने गरेको थियो ।
तपाइँको प्रतिक्रिया