राप्रपाले निवेदन फिर्ता लिदै विवाद सुल्झियो

राष्ट्रिय प्रजातन्त्र पार्टीमा विगत केही समयदेखि देखा परेको नेतृत्व सम्बन्धी विवाद सुल्झिएको छ ।आफूलाई पार्टी अध्यक्ष दाबी गर्दै आएका पशुपति शमशेर राणा र लोकेन्द्रबहादुर चन्दबीचको विवाद सुल्झाउँदै पार्टीमा एकता कायम भएको बिहीबार काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । पार्टी नेतृत्वमा चक्रीय प्रणाली लागू गरेर आलोपालो नेतृत्व गर्ने र महाधिवेशनबाट सबै प्रकारका विवाद सुल्झाउने सहमति भएको जनाइएको छ । सहमतिअनुसार केन्द्रीय समितिको बैठक बोलाई पार्टी नेतृत्व चन्दलाई हस्तान्तरण गर्ने र त्यसपछि क्रमशः राणा र डा. प्रकाशचन्द्र लोहनीले पार्टीको नेतृत्व गर्ने जनाइएको छ । विगतमा दुबै पक्षले एक अर्कामाथि गरेका कारवाही फिर्ता गरिएको पनि पत्रकार सम्मेलनमा जनाइएको छ । राप्रपाले यसअघि दिएको निवेदन फिर्ता लिदै बिबाद मिलेको जानकारी निर्वाचन आयोगमा बिहीबार नै जानकारी गराएको संसदीय दलका नेता दिपक बोहराले जानकारी दिनुभयो ।
तपाइँको प्रतिक्रिया