राप्रपा नेपाल जिल्ला समिति चितवनद्धारा सिलाई मेसिन हस्तान्तरण

चितवन ९ , राप्रपा नेपाल जिल्ला समिति चितवनले चितवनको दाहाखानी गा.वि.स. का महिलाहरुलाई सिलाई मेसिन हस्तान्तरण गरेको छ । श्रीकृष्ण जन्माष्टमीका अवसरमा एक औपचारिक कार्यक्रम गरेर दाहाखानी गा.वि.स.को श्री कालिका महिला विकास समितीलाई राप्रपा नेपाल चितवनले ४ थान सिलाई मेसिन हस्तान्तरण गरेको हो । दाहाखानी गा.वि.स. वडा न.३,७,८ र ९ का महिलाहरुलाई आयआर्जनमा सहयोग पुगोस् भन्ने उद्देश्यले उनीहरुलाई सिलाई मेसिन प्रदान गरिएको राप्रपा नेपाल चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले बताउनुभयो । सो सिलाई मेसिन संसदीय विकास कोषको प्राप्त रकमबाट सहयोग गरिएको तिमिल्सिनाले जानकारी दिनुभयो । सो कार्यक्रममा राप्रपा नेपाल चितवनका सचिव जिवलाल पुरी, भरतपुर नगर अध्यक्ष विष्णु खराल, उपाध्यक्ष माया पाठक, राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपाल जिल्ला समिति चितवनकी अध्यक्ष गीता लम्साल लगायतको सहभागिता रहेको थियो । कार्यक्रम राप्रपा नेपाल चितवनका अध्यक्ष बद्री तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भएको हो ।
तपाइँको प्रतिक्रिया